संविधानसभा विवाद समाधान उपसमितिद्धारा अगामी जेठ ८ देखि १४ भित्र संविधान जारी गर्ने गरी तेह्रबुँदे कार्यतालिका प्रस्ताव

काठमाडौ – संविधानसभा विवाद समाधान उपसमितिको शुक्रबारको बैठकले अगामी जेठ ८ देखि १४ भित्र संविधान जारी गर्ने गरी तेह्रबुँदे कार्यतालिका प्रस्ताव गरेको छ । उक्त प्रस्ताव संबैधानिक समितिले पारित गरेपछि संविधानसभामा पठाइने छ ।

संसदले संविधानसभाको म्याद छ महिना थपेपछि सोही समयभित्र संविधान जारी गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएको हो ।

कार्यतालिका अनुसार राज्य पुनःसंरचनासँग सम्बन्धित विषयबाहेक अन्य विवादमा विवाद समाधान उपसमितिले आगामी पुस १५ गतेभित्र सहमति कायम गरिसक्ने र उपसमितिले दिएको प्रतिवेदनमाथि संवैधानिक समितिले पुस २० गतेसम्म छलफल गरी निर्णय गरिने छ ।

त्यसैगरी संवैधानिक समितिमा कुनै पनि विषयमा सहमति हुन नसकेमा उक्त विषय संविधानसभामा पेस गरी संविधानसभा नियमावलीको प्रक्रियाबाट आगामी पुस २०