जुनसुकै प्रक्रियाबाट भए पनि माओवादीले सत्ता कब्जा गरिछाड्ने माओवादी पुष्पकमल दाहालको दावी

एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै प्रक्रियाबाट भए पनि माओवादीले सत्ता कब्जा गरिछाड्ने बताएका छन् । आज राजधानीमा विभिन्न समूह परित्याग गरी माओवादी प्रवेश गरेकाहरुलाई स्वागत गर्न भएको कार्यक्रममा प्रचण्डले जारी शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भए आन्दोलनको माध्यमबाट र नभए निर्वाचनको प्रक्रियाबाट सत्ता कब्जा गर्ने दावी गरे ।


शान्ति प्रक्रिया र संविधान लेख्नुको बिकल्प नरहेको भन्दै उहाँले बिकल्प खोज्नु भनेको पहरोमा कुहीनो ठोक्नु जस्तै खतरनाक हुने टिप्पणी गरे । उपाध्यक्ष मोहन बैद्य पक्षप्रति संकेत गर्दै अध्यक्ष प्रचण्डले मुल नेतृत्वलाई कमजोर पारेर आन्दोलन गर्छु भन्नु मुर्खता हुने बताए ।

कार्यक्रममा मातृका यादब नेतृत्वको नेकपा माओवादी , क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तथा जनवादी मोर्चाका नेता तथा कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका थिए । पार्टी एकताको नाम दिइए पनि कार्यक्रममा एकता गरिएको भनिएका पार्टीका अध्यक्ष र शिर्ष नेतृत्वहरु सहभागी थिएनन् ।

 

मातृका यादबका ज्वाई दिलिप साहले आफु नेकपा माओवादीको संयोजक रहेको दावी गर्दे पार्टी एकता गरेका हुन । कार्यक्रममा माओवादीका उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापा लगायतका शिर्ष नेताहरुको उपस्थित थिएन ।