माओवादीले शान्ति प्रक्रिया सहजरूपमा अघि बढेकाले संविधान जारी गर्ने अवधिसम्मका लागि भट्टराईकै नेतृत्वलाई राष्ट्रिय स्वरूप दिने र त्यसपछि चुनाव गराउने अवधिका लागि कांग्रेसको नेतृत्वमा जान सकिने प्रस्ताव अघि सारेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले पनि कांग्रेस र एमालेका नेतासँगको भेटमा आफ्नै नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।
प्रस्तावित राष्ट्रिय सहमतीको सरकारको नेतृत्वलाई लिएर कांग्रेस र एमालेबीच फरक दृष्टिकोण छ । एमालेले प्रधानमन्त्री पदको दाबी नगरे पनि चारबुँदे सम्झौताको आडमा उभिएका भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमति हुन नसक्ने अडान लिएको छ । भट्टरा्ईले राजीनामा नदिएसम्म चारबुँदाको अस्तित्व कायम रहने उसको जिकिर छ । कांग्रेसले भने सातबुँदे सहमतिपछि माओवादी



