काठमाडौ । नेकपा एमालेको भातृसंगठन यूवा संघ नेपालले यूवा स्वरोजगार कोषको रकममा भएको दुरुपयोगको विषयलाई लिएर अर्थमन्त्री वर्षामान पुन अनन्तको राजिनामा माग गर्दै उपत्यका बन्दको घोषणा गरेको छ ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा यूवा संघका अध्यक्ष महेश बस्नेतले कोषमा भएको दुरुपयोगको विरोध गर्दा आज प्रहरीले दमन गरेको भन्दै अर्थमन्त्रीको राजिनामाकालागी मंसिर २० गते उपत्यका बन्दको आयोजना गरेको बताए । उनले विरोधका कार्यक्रम अन्र्तगत सोमबार प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गर्ने जानकारी दिए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले अर्थमन्त्रीको प्रत्यक्ष निर्देशनमा प्रहरीले आफूहरुको शान्तिपूर्ण जुलुसमाथि आक्रमण गरेको भन्दै अब अर्थमन्त्री विरुद्ध प्रत्यक्ष लडाई सुरु भएको घोषणा पनि गरे ।
उनले माओवादी नेताहरु संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै प्रधानमन्त्री डा बाबुराम भट्टराईको अधिनायकबादी शैलीको विरुद्ध यूवा संघ लडिरहने स्पष्ट पारे । उनले हुँदै नभएको लडकुको नाममा माओवादीले लगेको करिब डेढ अर्ब रुपैयाको पनि अब यूवा संघले खोजी गर्ने चेतावनी दिए । उनले यूवा संघको आन्दोलनलाई दमन गर्छु भन्ने नसोच्न सरकारलाई चेतावनी दिदै दमन गरिए देशब्यापी रुपमा कडा आन्दोलन गर्ने बताए।
उनले यूवा स्वरोजगार कोषको रकम दुरुपयोगमा एमाले र यूवासंघ पनि रहेको भनि लगाईएको आरोपको सम्बन्धमा प्रमाणित गरेर देखाउन चुनौति दिदै त्यस्तो प्रमाण प्रस्तुत गरे आफूहरुले एमालेबाटै कारवाही थाल्ने दावी गरे । उनले भने