सहमतीय सरकार गठनको पहल थाल्न शिर्ष तीन दल र मधेशी मोर्चाको प्रयास सुरु

सहमतीय सरकार गठनको पहल थाल्न शिर्ष तीन दल र मधेशी मोर्चाको प्रयास सुरु भएको छ ।

 

आज गोकर्ण रिसोर्टमा बसेको बैठकले सहमतिय सरकार निर्माणका लागि ठोस कदम चाल्न नसके पनि विभिन्न निर्णय गरेको छ ।

 

जस अनुसार राज्य पुनसंरचना आयोगमा दलित कोटाबाट मदन परियारलाई ल्याउने बैठकले निर्णय गरेको छ ।

 

त्यसैगरी निकै विवादित युवा स्वरोजगार कार्यक्रमलाई तत्काल रोक्ने निर्णय समेत दलहरुले गरेका छन् ।

शिर्ष दलहरुको आजको वैठकमा यही पौष महिनाभित्रै सहमतीय सरकार गठनको लागि प्रयास हुने बताइएको छ । दलहरुबीच संविधानसभाको म्याद थप्ने बेला भएको ६ वुँदे सहमतिमै राष्टिय सरकार गठन गरिने बताइएको छ ।

 

शिर्ष दलहरुविच शान्ती प्रक्रिया, संविधान लेखन र सहमती कार्यान्वयनको समिक्षा गर्न प्रत्येक हप्ता वैठक बस्ने सहमती भएअनुरुप आज शिर्ष वैठक बसेको हो ।