काठमाडौ – विशेष अदालत काठमाडौंले कूटनीतिक राहदानी दुरुपयोग गर्ने सभासद गायत्री साहका पितालाई २ लाख धरौटीमा छाड्ने निर्णय गरेको छ ।
नेपाल जनता दलका अध्यक्ष रहेका हरिचरण साह सुडीलाई सभासद छोरीको पासपोर्ट बिक्री गरेको अभियोग लगाइएको थियो । उनी २ लाख नगद धरौटी बुझाएर रिहा भएको विशेष अदालतका जस्ट्रार धिरुबहादुर चन्दले जानकारी दिए ।
अदालतका न्यायाधीश अध्यक्ष गौबहादुर कार्की, न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले उनलाई २ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । अहिलेसम्मको अदालती काम कारबाहीमा उनी दोषी देखिएको ठहर गर्दै अन्तिम फैसला नभएसम्म उनलाई धरौटीमा राख्न आदेश दिएको हो ।



