संविधानसभाद्धारा आगामी जेठ १४ गते संविधान जारी गर्नेगरी संविधान लेखनको नयाँ कार्यतालिका पारित

काठमाडौ । संविधानसभाले आगामी जेठ १४ गते संविधान जारी गर्नेगरी संविधान लेखनको नयाँ कार्यतालिका पारित गरेको छ ।

 

संविधानसभाको आज बसेको १११औ बैठकले कार्यतालिका सर्बसम्मतिले पारित गरेको हो । कार्यतालिकामा मध्य पौषसम्ममा राज्यपुर्नसंरचना बाहेकका काम सम्पन्न गर्ने, फागुन १५ सम्ममा संविधानको एकीकृत मस्यौदा तयार गर्ने उल्लेख छ । संविधानसभाको गत आइतवार बसेको बैठकले उक्त कार्यतालिका तयार गरेको थियो ।

 

कार्यतालिकामा संविधानको विधेयक पारित गर्नेक्रममा सहमतिका लागि समेत समय छुट्टाइएको छ । संविधानसभाले पूरानो कार्यतालिका भने खारेज गरेको छ । संविधानसभार्कोे बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ ।