काठमाडौ । चितवन जेलमा बन्दी रहेका तरुण दलका जिल्ला अध्यक्ष शिव पौडेललगायतका माथि भएको आक्रमण घटना छानविन गर्न गृहमन्त्रालयले सह सचिव शंकर कोइरालाको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको छ ।
नेपाली काग्रेसले घटनाको छानविन गर्न माग गर्दै संसद अवरुद्ध पारेपछि गृहमन्त्री विजयकुमार गच्छदारले घटनाको छानविन गर्न समिति गठन गरेको जानकारी दिएका थिए।
छानविनको लागी भन्दै गृहमन्त्रालयले जेलर, चितवनका एसपी, जेलको सुरक्षामा खटिएका नेपाल प्रहरीका सईलाई निलम्बन समेत गरेको बैठकमा जानकारी गृहमन्त्रील दिएका थिए । गृहमन्त्रीको जवाफपछि नेपाली काग्रेसले संसद बैठक सुचारु हुन दिएको थियो। संसदको बैठक भोली अपरान्ह तीन बजे पुन बस्नेछ ।