रुकुम सदरमुकाम मुसीकोटमा शहिद कामी बुढाको शालिक अनावरण गर्न आएका दाहालले सम्मानजनक रुपमा लडाकुहरुको समायोजन र पुनस्थापना हुने तर आत्मसमर्पनको हिसाबले नहुने दावी गरे ।
उनले शान्ति प्रक्रियाका लागि आफ्नो पार्टी लचकताका साथ प्रस्तुत भएको पनि बताए । अध्यक्ष दाहालले शान्ति प्रक्रिया जनताको इच्छा अनुसार पुरा हुने बताए । शान्ति प्रक्रिया टुङ्ग्याउन र क्रान्ति पुरा गर्न पार्टीभित्र केही विवाद देखिएको बताउँदै उनले पार्टीलाई बिधि सम्मत तरिकाले लैजान र नयाँ ढङ्गबाट पार्टीको काम अगाडी बढाउन महाधिवेशन गरिने बताए ।



