मौसम कारण उडान प्रभावित

काठमाडौं, २१ मंसिर खराब मौसमका काराण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने आन्तरिक र वाहृय उडान सबै प्रभावित भएका छन् । बाक्लो हुस्सु लागेका कारण बिहान ६ बजेबाट उडान भर्ने माउन्टेट फ्लाइट र अरु आन्तरिक उडान प्रभावित भएको अन्तर्राष्ट्रिय विमानस्थल व्यावस्थापनले जानकारी दिएको छ ।
अहिले बिहान साढे ८ बजे सम्म कम्तिमा १ दर्जन उडान भरिसक्नुपर्ने भएपनि सबै उडान रद्द गरिएको छ । केही उडान तालिका पछाडी सरेपनि केही उडान भोलिका लागि सारिएको छ । हुस्सु हटेर घाम लाग्ने वित्तिकै नियमित उडान भर्ने उडान कक्षका एक अधिकारीले जानकारी दिए ।