आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस । नेपालमापनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदै छ ।

 

यसै अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आज विहान काठमाडौंमा प्रभातफेरीको आयोजना गर्‍यो ।

 

प्राधीकरणको कार्यालय बबरमहलबाट सुरु भएको प्रभातफेरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर समापन भएको थियो । सन् १९९४ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको स्थापना भएको थियो । सन् १९९४ डिसेम्वर ७ का दिन स्थापना भएको दिनलाई स्मरण गर्दै दिवस मनाउने प्रचलन छ ।