अमेरिकाले नेपाललाई असुरक्षित दशेको सूचीबाट हटायो, पर्यटन क्षेत्रले राहत महशुश


 

माओवादी जनयुद्ध सुरु भएदेखि नै नेपाल भ्रमणलाई खतराको सूचीमा राख्दै आएको अमेरिकाले आफ्नो ट्राभल एड्भाइजरी संशोधन गरी असुरक्षित नरहेको जनाएको छ । अमेरिकी स्टेट डिपार्टमन्टले आज नेपालको ट्राभल वार्निङ हटाइएको नेपालस्थित राजदूतावासले जानकारी गराएको छ । पछिल्लो पटक ११ महिनाअघि आफ्नो एड्भाइजरी अपडेट गर्दासम्म नेपाल भ्रमण गर्नु जोखिमयुक्त रहेको सुझाव दिँदै आएको थियो । नेपालको परिस्थितिमा सुधार आएकाले ट्राभल एड्भाइजरीमा खतराको सूचीबाट हटाइएको उल्लेख छ । यसले नेपालको पर्यटन क्षेत्रले राहत महशुस गर्ने छ । लामो समयदेखि पर्यटन व्यवसायीहरुले नेपाल असुरक्षित गन्तव्यको सूचीमा नराख्न अमेरिकालाई अनुरोध गर्दै आएको थियो ।

 

काठमाडौ –  नेपाललाई असुरक्षित दशेको सूचीबाट अमेरिकाले हटाएको छ । अमेरिकाको उक्त निर्णयले नेपालको पर्यटन क्षेत्रले राहत महशुश गरेको छ । यसअघि माओवादी जनयुद्ध सुरु भए यता अमेरिकाले नेपाललाई भ्रमणको दृष्टिकोणले असुरक्षित सूचीमा राख्दै आएको थियो ।

 

अमेरिकी विदेश मन्त्रालयलले पछिल्लो पटक जारी गरेको भ्रमण चेतावनीको सूचीबाट नेपाललाई हटाएको छ । यसअघि जनवरी,२०११ मा जारी गरेको उक्त सूचीमा नेपाल रहेको थियो । नेपालमा आएको सुधारका कारण त्यस्तो निर्णय भएकोप्रति अमेरिकी दूतावासले खुशी समेत व्यक्त गरेको छ ।

 

अमेरिकाले आफ्ना नागरिकलाई भ्रमणका लागि जोखिम हुने भन्दै असुरक्षित राष्ट्रहरु घोषणा गर्दै आएको छ । नेपाल असुरक्षित राष्ट्रबाट हटाइएपछि अमेरिकी टुरिष्ट बढ्ने सम्भावना रहन्छ । नेपालको पर्यटन क्षेत्रले लामो समयदेखि असुरक्षित सूचीबाट नेपाललाई हटाउन अमेरिकालाई आग्रह गर्दै आएको थियो ।