– उमाकान्त पाण्डे गाउंले
राष्ट्रिय अपाङ्ग महासंघका महासचिब सञ्जय वान्तवाले अपाङ्ग महासंघको पत्रकार सम्मेलनमा रिपोटीङ गर्न पुगेका पत्रकारलाई कोठामा बोलाएर आफुहरुको बिरुद्धमा समाचार नलेख्न भन्दै धम्की दिएका छन् ।
विश्व अपाङ्ग दिवसको अवसरमा आयोजीत पत्रकार सम्मेलनको रिपोटीङका लागि पुगेका अग्निबाँण मासिकका प्रधान सम्पादक तथा अपाङ्ग पत्रकार सञ्जालका महासचिब रबिन थपलियालाई कार्यकक्षमानै बोलाएर आफुहरु बिरुद्धमा समाचार लेखिएमा जे सुकै गर्ने धम्की दिएका हुन् । तपाँइले मेरो बिरुद्धमा समाचार लेख्छु भन्दै हिडनु भएछ यदि समाचार लेखेको भए म तपाँईलाई कुनै पनि अवस्थामा छाडने थिइन् । थपलिया अर्घाखाँची डट्कम् यूएई डेस्क का लागि काठमाण्डौ स्थित एक बिशेष सहयोगी हुन ।
केहि समय अगाडी नेपाल राष्ट्रबैकद्धारा गरिएको बिज्ञापनमा अपाङ्गलाई पाँच प्रतिसत आरक्षण व्यवस्था नगरेपछि महासंघको धारणा माग्दा महासचिब सञ्जय वान्तवाले तपाँई को महासंघको धारण माग्ने ? तपाँईलाई म चिन्दीन मेरो अफिसमा आउनुहोस म संग सम्बन्ध गर्नुस अनि मात्र तपाँईलाई यसको जवाफ दिँउला भनेका थिए । वान्तवासंग म पनि अपाङ्गता भएको व्यक्तिको साथै पत्रकार पनि भएकाले महासंघको धारणा के हो भनेर सोध्दा पत्रकार थपलियालाई र्दुव्यवहार गरेका थिए । तपाँई को संग बोल्दै हुनुहुन्छ ? मलाई चिन्नु भएको छ भन्दै वान्तवाले धम्काएका थिए । वान्तवाले बोलेको कुरा पत्रकार थपलियासंग टेलिफोन रेकर्ड सुरक्षित रहेको छ ।
पत्रकार थपलियाले मिडीयाले सोधेको कुरा नदिएमा गलत म्यासेज जाने भएकाले सके सम्म सुचना उपलव्ध गराउन पत्रकार सम्मेलनमा सुझाब दिएका थिए । सुझाब दिएलगतै महासचिब वान्तवाले पत्रकार सम्मेलन पछि आफनो कार्यकक्षमा आउन अनुरोध गरेका थिए । त्यसै बेलामा राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपालका महासचिब महेन्द्र थापाले पत्रकारले सोधेको प्रश्नको जवाफ कार्यकक्षमा भन्दा पनि सवैको अगाडी दिन अनुरोध गरेका थिए । तर वान्तवाले प्रश्नको जवाफ नदिएर हतारहतार पत्रकार सम्मेलन सक्कीएको घोषणा गरेका थिए ।
वान्तवाको अनुरोध पछि कार्यकक्षमा पुगेका पत्रकार थपलियामाथी वान्तवासंगै अपाङ्ग सरोकार नाम गरेको टेलिभिजन कार्यक्रम चलाउने लक्ष्मी पौडेलले वान्तवाको गलत समाचार प्रकाशन गरेमा पत्रिका समेत बन्द गरीदिने धम्की दिए । पत्रकार सम्मेलनमा वान्तवाको बारेमा प्रश्न सोधेर पत्रकारीताको इथीक्स उल्लंघन गरेको भन्दै पौडेलले उल्टै धम्काउने प्रयास गरेका थिए । पत्रकारीताको इथीक्समा प्रश्नै सोध्न पाइन्न भनेर कहाँ लेखिएको छ कुन्नी पौडेल जिको एनजीओ पत्रकारीताको इथीक्स होला तर नेपाली पत्रकारीताको इथीक्समा कहि कतै छैन । एक जना टेलिभिजन कार्यक्रम चलाउने हैसियतका ति पौडेलले अपाङ्गको मन्दीर जस्तो अपाङ्ग महासंघ भित्र परेर अपाङ्गता भएका व्यक्ति र अपाङ्ग पत्रकारमाथी धम्की दिने हैसियत कसरी राखे ? त्यो महासंघ भनेको अपाङ्गता भएका व्यक्तिहरुको साझा चौतारी हो चित्त नबुझेको कुरामा बहस हुन्छ, छलफल हुन्छ त्यो झगडा घर भित्रको हो तर उनलाई त्यहाँ पुगेर धम्की दिने हैसीयत कसरी मिल्यो ? अनि वान्तवाले उन्कै डम्फुमा आफनो गित किन गुन्जाई रहे ? भावी अध्यक्षको दावेदार रहेको भन्दै एक बर्ष अगाडीनै डम्फु बजाँउदै हिडेका वान्तवा र बषौ देखि एकलौटी टेलिभिजन कार्यक्रम मार्फत लाखौ रुपयाँ कुम्ल्याई रहेका लक्ष्मी पौडेललाई आफना कालाकतुतहरु खुल्ने भएकाले चिन्ता रहेको बताइन्छ ।
को हुन लक्ष्मी पौडेल ?
कार्यक्रम सेवामुखी भन्दा पनि व्यवसायीक भएकाले यिनको कार्यक्रमलाई दिइदै आएको बजेट कटौति हुदै गएको बताइन्छ । पहुंचको आधारमा लाखौ रुपयाँ बटुल्ने लक्ष्मी जस्ता साङ्गले चलाएको कार्यक्रममा राज्य तथा आइएन्जीओहरुले लाखौ रुपैँया दिइरहेका छन् । तर रेडियो तथा टेलिभिजनमा वास्तवीक अपाङ्गहरुले चलाँउदै आएको कार्यक्रममा भने कहि कतैबाट सहयोग आउने गरेको छैन् ।
संघका महासचिब वान्तवा तथा केहि पदाधीकारीहरुले पत्रकारहरु माथी दुव्यवहार गर्ने गरेकाले प्राय अपाङ्ग महासंघको कार्यक्रममा वास्तवीक रुपमा अपाङ्गको बिषयमा कलम चलाउने पत्रकारहरु पुग्दैनन् । अपाङ्गको नाममा आएको पैसा होटलमा सेमिनार र गोष्ठीमा सक्कीन थालेपछि पत्रकारहरुले वारम्बार प्रश्न गर्ने भएकाले प्राय महासंघको होटलमा हुने कार्यक्रममा पत्रकारहरुलाई पनि निम्तो दिइने गरेको छैन् । मात्र सरसफाई, चक्काजाम, धर्ना जस्ता कार्यक्रको समाचार संकलनको लागि मात्र पत्रकारहरुलाई निम्तो दिइने गरेको छ । बिभिन्न क्षेत्रीय कार्यालयहरु रहेको भएपनि महासंघको पछिल्लो समयमा राजधानीका होटल र क्याफेहरु केन्द्रीत कार्यक्रमहरु मात्र हुने गरेको छ । अपाङ्ग दिवर अगाडी राजधानीको मनास्लु, एभरेष्ट होटल लगायतका धेरै होटलमा सेमिनार र गोष्ठीहरु भएका थिए जहाँ वास्तवीक अपाङ्गहरु भन्दा महासंघका आसेपासेहरुलाई निम्ता दिइएको थियो ।
महासंघको पत्रकार सम्मेलनमानै उपस्थीत भएका अपाङ्ग युवा सञ्जालका महासचिब महेन्द्र थापाले महासंघले कार्यक्रम गर्दामा पक्षपात पुर्ण तरीकाले निमन्त्रण गर्ने गरेको र आसेपासेलाई मात्र बोलाएको भनेर गुनासो गर्&a



