ओएचसीएचआरको म्याद नथपिने

काठमाडौं, २२ मंसिर मानव अधिकार संरक्षण र अनुगमनको लागि नेपालमा स्थापित राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त ९ओएचसीएचआर०को सम्पर्क कार्यालयले आज विदाइ पाउने भएको छ । उच्चायुक्तको म्याद नथप्ने निष्कर्षमा सरकार पुगेपछि उच्चायुक्तको नेपाल सम्पर्क कार्यालयलय र्फकने पक्कापक्की भएको स्रोतले जनाएको छ ।
 

यसअघिको सरकारले थपको उच्चायुक्तको कार्यालको म्याद आज सकिदैछ । दलहरुबीचको सहमतिको आधारमा सरकारले उच्चायुक्तको कार्यालयलाई विदाइ गर्ने औपचारिक निर्णय गर्नेछ । स्रोतका अनुसार उच्चायुक्तको कार्यालयले मानव अधिकार संरक्षण तथा अनुगमनको लागि स्पष्ट खाका प्रस्तुत गर्न नसकेको निष्कर्ष निकाल्दै दलहरुले उच्चायुक्तको कार्यालयको म्याद नथप्ने निष्कर्षमा पुगेका हुन् ।

सरकारले आफ्नो बन्दोबस्तीका सामान व्यवस्थित र फिर्ता गर्नको लागि उच्चायुक्तको कार्यालय नेपालमा ६ महिना रहने तर आफ्नो कुनै पनि कामकारबाही नगर्ने गरी त्यसै अनुसार निर्णय गर्नेछ । राष्ट्रसंघीय महासभाको निर्णय अनुसार नेपालमा मानव अधिकारको संरक्षण, संवर्द्वन र अनुगमनको लागि सन् २००५ देखि उच्चायुक्त कार्यालयले नेपालमा काम गर्दै आएको थियो ।