पूर्व राजा ज्ञानेन्द्रले सुविधा फिर्ता गर्ने / पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले सुविधाको सवारी र सुरक्षाकर्मी फिर्ता

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र पूर्व राष्ट्र प्रमुखको हैसियतामा राज्यबाट पाउँदै आएको सुविधा फिर्ता गर्ने भएका छन् ।

 

सुविधा फिर्ता गर्ने विषयमा उनले आज निर्माल निवासमा आफ्ना सहयोगी र सल्लाहकारलाई बोलाएर सर्वोच्च अदालतले हिजो गरेको फैसलाको आशय र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा सल्लाह लिएको स्रोतले जनाएको छ ।


पूर्व राजा ज्ञानेन्द्रले सवारी साधनदेखि ठूलो संख्यामा नेपाली सेना, शसस्त्र प्रहरी र जनपद प्रहरीको सुरक्षा प्रयोग गर्दै आएका छन् ।

 





 

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले सुविधाको सवारी र सुरक्षाकर्मी फिर्ता



काठमाडौं – पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले सुविधाको सवारी र सुरक्षाकर्मी फिर्ता पठाउने भएका छन् ।

थापाले शुक्रबार साँझ मुख्य सचिव माधवप्रसाद घिमिरेलाई टेलिफोन गरी सुविधाको सवारी र सुरक्षाकर्मी फिर्ता पठाउने बताएका हुन् । ‘म अदालतको निर्णयको सम्मान गर्छु, मैले चढ्ने गाडी र सुरक्षाकर्मी फिर्ता लैजाने व्यवस्था गर्नुपर्‍यो,’ थापाको भनाइ उद्यृत गर्दै उनका सहयोगी किरण गिरीले भने ।

मुख्य सचिव घिमिरेले पनि प्रक्रिया पुर्‍याएर सम्भव भएसम्म शनिबारभित्रै गाडी र सवारी फिर्ता लिने जवाफ दिएका थिए । गिरीका अनुसार थापाले सरकारले दिएको एउटा प्राडो र दुई ईन्सपेक्टरसहित १२ सुरक्षाकर्मी लिएका थिए ।

सर्वोच्च अदालतले सरकारी काममा नरहेका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, राजपरिवारका पूर्वसदस्यहरुलगायतलाई दिंदै आएको सुविधा खारेज गर्न बिहीबार आदेश दिएको थियो ।

सर्वोच्चको फैसलापछि पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सवारी र सुरक्षाकर्मी फिर्ता पठाएका छन् ।