किसानको हातबाट खोसेर सामन्तीको जग्गा फिर्ता, बिघटनको शैलीमा जनुमक्ति सेना समयोजन, बिपा सम्झौता लगायतका जनबिरोधी काम वर्तमान पार्टी नेतृत्व र सरकार प्रमुखबाट भएको उनले आरोप लगाए ।
सर्लाहीको नवलपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा गजुरेलले बर्तमान नेतृत्व शान्तिका नाममा जनमुक्ति सेनालाई एक प्रकारले बिघटन गरेर एक थान संबिधान बनाउने प्रयासमा लागेको बताए ।
बैद्य खेमाका मिथिला राज्य समितिका अगुवा नेतृत्व र कार्यकर्ता भेटघाटमा आएका गजुरेलले आफ्नै पार्टी नेतृत्व र प्रधानमन्त्रीको घोर बिरोध गरे । उनले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार धेरै नटिक्ने र सहमतीको सरकार उनको नेतृत्वमा बन्न नसक्ने दावी गरे । राष्ट्रिय सरकारको नेतृत्व माओबादीले पाउने अबस्था आएमा अबको नेतृत्व आफ्नो बिचार समूहले गर्न पाउनुपर्ने उनले बताए ।
‘बाहिरबाट हेर्दा अहिले शान्ति र संबिधान टुंगिने जस्तो बाताबरण बनाउने प्रयास भएको छ,’ उनले भने, ‘तर, अबैज्ञानिक सेना समायोजन र जनसंबिधान नबन्ने भएकाले देशको राजनीतिक परिस्थिति जटिल नै हुन्छ ।’
जनसेनाको ठूलो टिम वाईसीएलमा राखिएको उल्लेख गर्दै गजुरेलले उनीहरु समायोजनमा नपरेकोमा आपत्ती प्रकट गरे । जनयुद्धकालमा कब्जा गरिएको सामन्तको जग्गा अध्यक्ष स्वंय बर्दिया पुगेर फिर्ता गर्न आग्रह गरी सामन्तको पक्षमा उभिएको उनले आरोप लगाए । ‘पार्टी निर्णय विपरित गएर नेतृत्वबाट भए गरेका काम हामी मान्दैनौं,’ उनले भने, ‘सामन्तको जग्गा फिर्ता हुंदैन् । हामी हुन दिंदैनौं ।’
उनले बिचार समूहमा पार्टी बिभाजित भएको स्वीकार्दै आफ्नो लाइनले पार्टी निर्णय बिपरित भएको काम खारेज गर्दै निर्णय कार्यान्वयन गर्ने दावी गरे । लडाकु शिबिरको साँचो बुझाएपछि पार्टीमा सुरु भएको मतभेदको बिषय अहिले १३ वटा पुगेको उनले जानकारी दिए ।
पार्टी फुट्ने संभाबना बारे सोधिएको प्रश्नमा उनले जति नै बिबाद भएपनि पार्टी नफुटाउने र छापमार युद्धमा नफिर्कने स्पष्ट पारे ।



