संविधानसभा अध्यक्ष सुवास नेम्वाङले कार्यतालिका बनिसकेकाले अबको छ महिना भित्रै संविधान लेखनको काम टुङ्गिने वताउनु भएको छ । ज्यापु दिवसको अवसरमा आज राजधानीमा ज्यापु संस्कृति विकास समितिले गरेको कार्यक्रममा सभाध्यक्ष नेम्वाङ्गले निर्धारित समयमा संविधान लेखनको काम टुङ्ग्याउन नागरिकस्तरबाट दबाब श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो । दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सभामुख नेम्वाङले विभिन्न ब्यक्तित्वहरुलाई ज्यापु बाल प्रतिभा पुरस्कार, ज्यापु युवा प्रतिभा पुरस्कार, ज्यापु सेवा पुरस्कार ज्यापु विशेष सम्मान प्रदान गर्नुभयो । सभामुख नेम्वाङले मौलिक सास्कृतिक धार्मिक सम्पदाको संरक्षणको लागि महेन्द्र राज डंगोलले लेख्नुभएको प्रथम भूमिपुत्र र १२ वर्ष मु धिमे डकुमेन्ट्रीको विमोचन पनि गर्नुभयो । कार्यक्रममा ज्यापु संस्कृति कोषका अध्यक्ष चक्रमान डंगोलले सभामुख नेम्वाङलाई ज्यापु पोशाक र योमरी प्रदान गर्नुभएको थियो ।



