– उपेन्द्र लामिछाने, नागरिक
आफूहरुले औपचारीक रुपमा यस्तो निष्कर्ष निकाली नसकेका कारण अहिलेसम्म एकै ठाउमा रहेका उनले बताए।कम्युनिष्ट पार्टीका आधारभुत सिद्धान्तसमेतलाई लत्याएर संस्थापन पक्ष मनोमानी ढंगले अघि बढेको आरोप लगाउदै यो नराम्रो संकेत भएको उनले बताए। ‘मार्क्सबाद र बुद्धबाद एकै ठाउमा रहन सक्दैन ‘, उनले भने -‘ शान्तिको नाममा अहिले आत्मसपर्मणवाद जन्मदैछ।’
लडाकु समायोजन र वीपा सम्झौता प्रधानमन्त्री र पार्टी अध्यक्षको एकलौटी सहिछापको आधारमा भएको बताउदै उनले त्यो सच्याउन नेतृत्वलाई चेतावनी दिएका छन्। आगामि केन्द्रीय कमिटीको वैठममा विवादित सबै विषयमा छिनोफानो हुने छ’, उनले भने -‘ त्यसैको आधारमा आगामी बाटो तय हुनेछ।’ समायोजनको नाममा जनमुक्ति सेनालाई आत्मसमर्पण गराएको उनको तर्क छ।
उनले पार्टी भित्रको झगडा नक्कली नभएको बताउँदै सघर्ष र एकताको नीति अनुरुप अहिलेसम्म सँगै रहेको उनले सुनाए। ‘झगडा सक्कली नै हो ‘, उनले भने -‘ आधारभुत कुरामा फरक परेका कारण पार्टी फुट्न पनि सक्छ।’



