अष्ट्रेलियाका एक जना रेडियो प्रस्तोताले एक ब्यक्तिसंग २४ घण्टासम्म अटुट रुपमा अन्तवार्ता लिई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता


 

अष्ट्रेलियाका एक जना रेडियो प्रस्तोताले एक ब्यक्तिसंग २४ घण्टासम्म अटुट रुपमा अन्तवार्ता लिई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका छन् । अष्ट्रेलियाको एक स्थानीय रेडियो स्टेसनमा बिगत १० बर्षदेखि कार्यरत रिचर्ड ग्लोभर नामका रेडियो प्रस्थ्तोताले अष्ट्रेलियका कवि तथा बरीष्ठ पत्रकार पीटर फिट्जसिमन्स संग बिना बिश्राम २४ घण्टासम्म अन्तवार्ता लिई बिश्व रेकर्ड कायम गरेका हुन् ।

Slow baked ... Peter FitzSimons and Richard Glover on the way to setting an interview record in the ABC studios in Sydney.अन्तवार्ताका क्रममा पीटरको निजी जीवन र इतिहासमा पीटरले देखाएको रुचीका बिषयमा अन्तवार्ता केन्द्रित थियो । अझ रमाइलो पक्ष के हो भने प्रस्तोता रिचर्डले अन्तवार्ताका क्रममा कुनै पनि प्रश्न दोहर्याएका छैनन् । अन्तवार्ता अवधिभर प्रस्तोता नथाकेपनि अतिथी भने थाकेका थिए । यसअघी सन् २००९ मा स्पेनका रेडियो प्रस्तोता पेड्रो रुइजले १२ घण्टा ३० सेकेण्ड सम्म बिशीष्ट ब्यक्तिसंग अन्तवार्ता लिई गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका थिए ।