नेपाल ट्रष्टले स्व. राजा वीरेन्द्र र उनका परिवारको नाममा स्वदेश र विदेशमा रहेको चल र अचल सम्पत्तिबारे जानकारी दिनेलाई उचित पुरस्कार दिने बताएको छ । ट्रष्टका उपसचिव वीरेन्द्रबहादुर बानियाँले सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाटमा सो कुरा उल्लेख गर्नुभएको हो ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ अनुसार २०६४ मङ्सिर ६ गते स्थापना भएको नेपाल ट्रष्टले स्व राजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको चलरअचल सम्पत्तिको खोजी र संरक्षण गर्दै आएको छ।
हालसम्म ट्रष्टले स्व राजा वीरेन्द्र र उनका परिवारका नाममा स्वदेशमा विभिन्न स्थानमा रहेको छ हजार २४४ रोपनी जग्गा पत्ता लगाई एक हजार १७९ रोपनी जग्गाको जग्गाधनी प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ।
त्यसैगरी स्टर्लिङ पाउन्ड ४४ हजार ११६ र नेरु १२ करोड २८ लाख ९० हजार ७३४ नगद समेत ट्रष्टको खातामा जम्मा भइसकेको बताइएको छ ।