– उदय जीएम
यूएई डेस्क – दाङ, २६ मंसिर : नेपाल कम्युनिस्ट पार्टी मसाल) समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन -छैठौं )ले भोलि मंगलवारदेखि दाङको सदरमुकाम घोराहीमा सुरु हुने आफ्नो १८ औं राष्ट्रिय सम्मेलनको तयारी कार्य पूरा भएको जनाएको छ । सम्मेलनको पुर्वसन्ध्यामा सोमवार पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष एवं सभासद् चित्रबहादुर केसी, रक्तिम परिवारका अध्यक्ष जीवन शर्मासहितको टोली दाङ आउने जनाएको छ ।


राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा जर्मनी र भारत लगायतका देशहरुबाट भाइचारा संगठनका अध्यक्षहरु र स्वदेशमा क्रियाशील विभिन्न विद्यार्थी संगठनका अध्यक्ष वा प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासचिव घिमिरेले व्यवस्थापनको हिसावले केही समस्या र जटिलताहरु देखिए पनि दाङवासीले राष्ट्रिय सम्मेलनको लागि राम्रो सहयोग गरेको जानकारी दिए ।
त्यस अवसरमा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव एवं अखिल -छैठौं)का पुर्व-अध्यक्ष कृष्ण अधिकारीले सम्मेलनलाई पार्टी तर्फ बाट पूरै सहयोग रहेको जानकारी दिए ।
पार्टीले लिएको संघियता विरोधि मुद्दालाई पनि विद्यार्थीले उठाउने बताउँदै अधिकारीले निकट भविश्यमा पार्टीले पनि संघीयताको विरुद्धमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको बताए । राष्ट्रिय सम्मेलनका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनको सहजीकरण छैठौंका सचिवालय सदस्य गणेश आचार्यले गरेका थिए ।



