दैनिक पत्रिकाको भाऊ १० रुपैयाँ पुग्यो

२७ मंसिर, काठमाण्डौ । तीनवटा प्रकाशन गृह मिलेर दैनिक पत्रिकाको भाऊ
दोब्बर बनाएका छन् । सोमबारसम्म ५ रुपैयाँमा पाइने कान्तिपुर, नागरिक र
अन्नपूर्ण पोष्ट दैनिक मंगलबारदेखि १० रुपैयाँमा बेच्न थालिएको छ ।

तीनवटा पत्रिकाका मुख्य पृष्ठमै प्रकाशकिय छापेर प्रकाशकहरुले मंहगीका कारण
पत्रिकाको भाऊ बढाउनुपरेको बताएका छन् । ६ बर्षदेखि मूल्य नबढेको अबस्थामा
पत्रिकाको मूल्य दश रुपैयाँ पुर्‍याउनु बाध्यकारी कदम भएको उनीहरुको दावी छ

तर, राजधानी, समाचारपत्र र नयाँ पत्रिका दैनिकले भने भाउ बढाउने
सिन्डिकेटलाई अस्वीकार गरेका छन् । स्रोतका अनुसार बिगत एक महिनादेखि
पत्रिकाको मूल्य बढाउन प्रकाशकहरुवीच भएका निरन्तरका छलफलमा ती पत्रिकाका
प्रकाशकले पत्रिकाको भाउ बढाउन अस्वीकार गरेका थिए ।

अरु पत्रिका ३ मा बेचिंदा २ रुपैयाँ र ५ मा बेचिंदा ३ रुपैयाँमा बेचेर
मूल्य युद्धमा होमिएको अन्नपूर्ण पोष्टसमेत अहिले कान्तिपुर र नागरिकसँगै
मूल्य बढाउने सिन्डिकेटमा सहभागी भएको छ ।