– उदय जीएम
दाङ २७ मंसिर: राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर केसीले संघीयताको भाङ्ग्रो नभिरेको भए उहिल्यै संविधान लेखिसकिने बताएका छन् । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन छैठौंको मंगलवारदेखि दाङको सदरमुकाम घोराहीमा सुरु भएको १८ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले त्यस्तो धारणा राखेका हुन् ।

संघीयता मुलुकभित्रको नभई धेरै टाढाको षडयन्त्र र ग्राण्ड डिजाइन हो भन्दै अध्यक्ष केसीले भने ुजातीय आधारमा मुलुकलाई अंशबण्डा गर्ने हो भने मुलुक भोलि रुवाण्डा हुन् छ ।ु मुलुकलाई जातीय द्वन्द्वमा फसाएर बहुराष्ट्रिय सेनालाई नेपाल भित्राउने र आआफ्नो स्वार्थ हासिल गर्ने रणनीतिअन्तर्गत नेपालमा संघीयता आएको दावी अध्यक्ष केसीले गरे । ुनेपालका विभिन्न भाषाभाषी र जातजातिले भन्दा पनि विदेशी षडयन्त्रमा नेपालमा संघीयता आएको होु अध्यक्ष केसीले भने । गिरिजाप्रसाद कोइरालालाई मधेसीहरुले अक्करनामा गराएर संघीयता छिराएको चर्चा गर्दै अध्यक्ष केसीले भने ुचार वर्षसम्म कतिवटा राज्य बनाउने भन्ने नै टुंगो छैन । आफूआफूमा माराकुटी छ ।ु उनले संघीयताको विपक्षमा खुलेरै लाग्न सबैमा आग्रह पनि गरे ।

मधेसी मोर्चाले विभिन्न समयमा गिरिजाप्रसाद कोइराला माधवकुमार नेपाल हुँदै डा। बाबुराम भट्टराईसम्मलाई अक्करनामा गराएको बताउँदै अध्यक्ष केसीले भने ुकांग्रेस एमाले माओवादी मिलेको भए यी दलहरुले अक्करनामामा हस्ताक्षर गर्नुपर्ने थिएन ।ु माओवादी लडाकुले त्यत्रो दश वर्षसम्म लडे पनि जम्मा ६ हजार ५ सयलाई सेनामा पठाइएको चर्चा गर्दै अध्यक्ष केसीले व्यंग्य कसे ुमधेसी मोर्चासँग बाबुरामले १० हजारलाई सेनामा प्रवेश गराउने सहमतिमा हस्ताक्षर ठोके ।ु अध्यक्ष केसीले कुनै दिन मधेसी मोर्चाहरुले यो देशका नेताहरुलाई मधेस छोड्ने अक्करनामा गराउन पनि बेर नलाउने चेतावनी दिए ।
कांग्रेस एमाले र माओवादी मिलेमा संविधान लेखिने र शान्तिप्रकि्रया पनि टुंगोमा पुग्ने
जुन माया लाए नि मलाई त त्यत्तिकैु भन्ने गीत गाउँदै अध्यक्ष केसीले माओवादीहरुले १० वर्षसम्म जनयुद्ध गरेर पनि अहिले आएर जनताले कुनै परिवर्तनको अनुभूति गर्न नपाएको औंल्याए । किफायती प्रधानमन्त्रीले चियापानमा मात्रै २७ लाख सके । जम्बो मन्त्रिमण्डल बनाएर रेकर्ड कायम गरे । हामीलाई ४९ जनाको भेडीगोठे मन्त्रिमण्डल किन चाहियो?
जनआन्दोलनका उपलव्धि संस्थागत गर्न संविधान लेखन पूरा गर्ने शान्ति प्रकि्रयालाई टुंगोमा पुराउने ऐतिहासिक कार्यभार भएको चर्चा गर्दै अध्यक्ष केसीले एमाले कांगे्रस र माओवादी मिलेर सरकार बनाएको भए अलगाववादीहरुले फाइदा उठाउन नसक्नॆ दावी गरे । उनले जातीय राज्यको खेल टाढाबाट खेलिएको बताउँदै त्यसमा नअल्झिएर शान्ति प्रकि्रया टुंग्याउन र संविधान लेख्न आग्रह गरे । अध्यक्ष केसीले थपे ुत्यसो भएमा सरकार चलाउनु होला कमाउनु होला । तपाईहरुको भाग कसैले खोस्ने छैन ।ु उनले संघीयताको विरोधमा मौन बहुमत रहेको दावी गर्दै थपे ुमनका कुरा मुखमा ल्याउनुहोस् । यो देश रहेन भने कांग्रेस एमाले र माओवादी हुनुको अर्थ छैन । मुख फोरेर मैदानमा आउनुस् ।ु बाबुबराजुले सुम्पेको अखण्ड नेपाललाई सकुशल भावी पुस्तालाई हस्तान्तरण गर्ने हो भने संघीयताविरुद्ध मैदानमा आउनैपर्ने उनको धारणा थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम िसंहले पठाएको शुभकामनापत्र अखिल छैठौंका महासचिव अनिलकिशोर घिमिरेले पढेर सुनाएका थिए । उद्घाटन समारोहलाई सभासद् रश्मिराज नेपाली नेपाल कम्युनिस्ट पार्टी मसालका प्रवक्ता हरि आचार्य अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्मा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा केसी अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष काशीनाथ पोखे्रेल टे्रड युनियनका महासचिव धनपति सापकोटा अखिल नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भरत भण्डारी अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव धनरुपा विक जातीय समता समाजका केन्द्रीय अध्यक्ष राजेश विक अखिल नेपाल बुद्धिजीवी संघका महासचिव शशिधर भण्डारी अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी अखिल नेपाल शिक्षक संघका केन्द्रीय महासचिव चक्रपाणि पौडेल अनेरास्ववियू एकीकृतका केन्द्रीय अध्यक्ष अर्जुन कार्की अखिल पाँचौंका केन्द्रीय अध्यक्ष महेन्द्र शाह एमालेनिकट अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष लक्ष्मण लम्साल नेपाल क्रान्तिकारी विद्यार्थी संघका सचिव निरज लबजु अखिल छैठौंका पूर्वअध्यक्ष एवं राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना अखिल भारत क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रान्चु प्रकाश एमएलपीडी जर्मनीका थोमस लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

युनियनका अध्यक्ष दुर्गा शर्माको अध्यक्षतामा भएको सो कार्यक्रमको साचालन महासचिव अनिलकिशोर घिमिरे र स्वागत सचिवालय सदस्य गणेश आचार्यले गरेका थिए । त्यस अवसरमा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मासहितको केन्द्रीय टोलीले रोचक जनवादी गीत तथा नृत्य प्रस्तुत गरेको थियो । त्यसअघि विशाल जुलुसले नगरपरिक्रमा गरेको थियो । कार्यक्रम तीन दिनसम्म चल्ने र त्यसले नयाँ नेतृत्व चयन गर्नुका साथै नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताइएको छ । सम्मेलनले दाङ घोषणापत्र पनि पारित गर्ने बताइएको छ ।