एकिकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षिय खेमाले महासचिव रामबहादुर थापालाई प्रधानमन्त्री बनाउन पार्टी अध्यक्ष प्रचण्ड समक्ष प्रस्ताव गरेको छ।
उक्त आग्रहलाई प्रचण्डले सकारात्मक रुपमा लिएको उपाध्यक्ष किरण निकट पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले बताए।
तर प्रचण्ड निकट एक नेताले त्यो सम्भावना ठाडै अस्वीकार गरेका छन्।
उनले भने, “राष्ट्रिय सरकार बनाउँदा ठूलो पार्टीको हैसियतले हाम्रो पार्टीबाट महासचिवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव वैद्यजीले अध्यक्षसमक्ष राख्नु भएको हो।”
जवाफमा प्रचण्डले सहमति भए आफूलाई कुनै आपत्ती नभएको भन्दै सकारात्मक प्रतिकृया दिएको उनको भनाई थियो।
उनको भनाई थियो, “पार्टीले सरकारको नेतृत्व गर्दासम्म यो सरकार परिवर्तन हुने छैन्। कसैको इच्छाले मात्र त्यो हुन्न।”
तैपनि पछिल्ला दिनमा पार्टीभित्रैबाट चलिरहेका प्रधानमन्त्री फेर्ने चर्चाभित्र प्रचण्ड र प्रधानमन्त्रीबीच दूरी बढाउने उदेश्यलाई बल पुर्याउने उनको बुझाई छ।
उपाध्यक्ष बैद्यलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने चर्चालाई पनि नेता बस्नेतले बेकार र सुनियोजित प्रचारको संज्ञा दिए।
त्यसबारे बैद्य निकट नेताहरुले पनि कुनै जानकारी नभएको प्रतिकृया दिएका छन्।



