एघार कक्षाको परीक्षाफल प्रकाशित हुँदै

एघार कक्षाको परीक्षाफल प्रकाशित हुँदै
२९ मंसिर, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले आज एघार कक्षाको परीक्षाफल प्रकाशित गर्दैछ । यसका लागि परिषद्को बोर्ड बैठक सुरु भएको परिषद् स्रोतले जनाएको छ ।
गएको जेठमा ११ कक्षाको परीक्षा भएको थियो । परीक्षामा नियमित र एक्जाम्प्टेड गरी झण्डै चार लाख परीक्षार्थी सहभागी भएका थिए ।