विगतमा गरिएका मानवता विरुद्धको अपराधबारे कानून बनाउन सहमति

– विगतमा गरिएका मानवता विरुद्धको जस्तोसुकै अपराधलाई दण्डनीय बनाउन संवैधानिक प्रावधान राख्न राजनीतिक दलहरुबीच सहमति भएको छ।

 

कुनै जातीय समुदायको सफाया, युद्ध तथा मानवता विरुद्धका अपराध जस्ता विगतमा गरिएका जघन्य अपराधलाई पनि दण्डनीय बनाउने व्यवस्था संविधानमा राख्न दलहरु सहमत भएका छन्।

सो सहमतिका साथसाथै संविधान लेखनमा रहेका विवाद समाधान उपसमितिका सदस्यहरु सम्पत्तीमा हदबन्दीबारे संविधानमा उल्लेख नगरी त्यसलाई कानून मार्फत सम्बोधन गर्न पनि सहमत भएका छन्।


उपसमितिले विवाद कम गर्दै लगे पनि कुन सैद्धान्तिक धरातलमा संविधानको प्रस्तावना लेख्ने लगायतका विषयमा दलहरुबीच अझै विमति छ।


प्रस्तावित नयाँ व्यवस्थाले विगतमा गरिएका जघन्य अपराधलाई पनि अन्तर्राष्ट्रिय मान्यता बमोजिमको कानुनी दायरामा ल्याउने भन्दै गरिएको सहमतिलाई कतिपय कानुनविद र मानवअधिकारवादीहरुले ऐतिहासिक भनेका छन्।


कानुनले नसमेटेको समयमा भएको कुनै अपराध रहेछ भनेपनि नयाँ कानुन बनाएर अपराधीलाई दण्डको भागी बनाउन त्यसले बाटो खोल्ने कानुनविद तथा एमाले सभासद अग्नी खरेलले बताए।

 

उनले भने,