सुशील कोइरालाले पार्टीमा एकता नचाहेको काग्रेस शेरबहादुर देउवाको आरोप

नेपाली काग्रेससका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति सुशील कोइरालाले पार्टीमा एकता नचाहेको आरोप लगाउनु भएको छ ।

 

आज नुवाकोटको रानीपौवामा कार्यकर्तासंगको भेटमा नेता देउवाले आफू पार्टी एकता कायम गर्न देश दौडाहामा निस्किएको दाबी गर्नुभयो ।

 

आफूमाथि पार्टी विभाजन गराउन खोजेको आरोप लगाइएको भन्दै उहाँले पार्टीमै रहेर सभापतिको गलत कदमविरुद्ध संघर्ष गर्ने उल्लेख गर्नुभयो । सभापति कोइरालाले विवाद समाधानका लागि आफैंले गठन गरेको समितिको सिफारिस नमानेर सभापतिले नैतिकता गुमाएको आरोप लगाउनुभयो ।