सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताद्धारा संवैधानिक परिषद्‌बाट राजीनामा

काठमाडौं – सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताले संवैधानिक परिषद्‌बाट राजीनामा दिएका छन् ।


प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनाल, सूर्यनाथ उपाध्याय, भोजराज पोखरेललगायतले संवैधानिक परिषद्बाट हटाउन ज्ञापन पत्र दिएका थिए । अख्तियारले दायर गरेको मुद्दामा रहेका गुप्तालाई परिषद्‌मा रहन दिन नहुने उनीहरुको तर्क थियो ।


उपाध्यायलगायत पूर्वाग्रहीरुपमा आफूमाथि खनिएको दाबी गर्दै आएका उनले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । ‘संवैधानिक परिषद्‌बाट ‘गुड बाई’, किन राम्रा मान्छेका लागि समस्या बन्ने ?,’ राजीनामा दिएपछि उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।


संवैधानिक परिषद्‌ले रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको तयारी गरिरहेको छ ।