शान्ति प्रकृया टुंगोमा नपुगे सम्म कांग्रेस सरकारमा नजाने

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले शान्ति प्रकृया टुंगोमा नपुगे सम्म कांग्रेस सरकारमा नजाने स्पष्ट पार्नु भएको छ ।

 

बर्दिया, सदरमुकाम गुलरियामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कब्जा जग्गा फिर्ता, माओवादी लडाकुको समायोजन लगायतका काम पूरा भएपछि मात्रै कांग्रस सरकारमा जान सक्ने बताउनुभयो ।

 

बर्दियामा सबै भन्दा बढी जग्गा कब्जा भएकाले बर्दियाबाटै जग्गा फिर्ता गर्न माओवादीलाई दवाव दिनु पर्ने उहाँले बताउनु भयो ।