सरकारले तरुण दल चितवनका अध्यक्षको मृत्युपछि उत्पन्न परिस्थितिबारे सम्वोधन गर्ने

काठमाडौं – तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको मृत्युपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न शनिबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ ।

पौडेलमाथिको झुटा मुद्धा फिर्ता, सहिद घोषणा, उचित क्षतिपूर्ति, न्यायिक आयोग र दोषिमाथि कारबाहीको माग गरेको आफन्तको मागबारे छलफल गर्न साँझ ७ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको बालुवाटार स्रोतले बताएको छ ।

उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले परिवारको मागलाई सरकारले सम्वोधन गर्ने बताए । उनले यसबारे अपरान्ह प्रधानमन्त्री बाबुराम भट्टराईसँग छलफल गरेका थिए । ‘कांग्रेस र परिवारको न्यायोचित् मागलाई सरकारले सम्वोधन गर्छ,’ उनले भने ।