थाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राद्धारा बुद्धजन्मस्थल लुम्बिनीमा पुजापाठ, भैरहवामा बाक्लो हुस्सु र कुहिरो


 

– माधव ढुंगाना

 

Thaksin Shinawatra Thailand's former prime minister Thaksin Shinawatra greets to supporters at Bangkok International Airport on February 28, 2008, in Bangkok, Thailand. Thailand's former prime minister Thaksin Shinawatra returned to his homeland amid tight security, ending 17 months of self-imposed exile abroad since the September 2006 military coup ousted him from the country's leadership.भैरहवा – थाईल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शनिबार बुद्धजन्मस्थल लुम्बिनीमा पुजापाठ गरेका छन् ।

शुक्रबार साँझ गोप्य रुपमा लुम्बिनी आएका थाक्सिन विहानैदेखि लुम्बिनीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ र थाई राजकीय विहारमा पुजापाठ र प्रार्थनामा व्यस्त रहे ।

उनी साथमा, निजी सचिव, नेपालका लागि थाईल्याण्डका राजदुत मारिस साङयिम्पोङस, राजदुतको परिवारसहित अन्य करिव एक दर्जन सहभागी थिए ।

बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण र पूजापाठ पश्चात् लुम्बिनी विकास कोषको आगन्तुक पुस्तिकामा आफ्नो उपस्थिती जनाउँदै थाक्सिनले जन्मैदेखि लुम्बिनी आउने धोको पुरा भएकोले निकै गौरवान्वित भएको लेखेका छन् ।

लुम्बिनीको विकासका निम्ति थाईवासीमा ईच्छाशक्ति र श्रोतपनि भएको कुरा उल्लेख गर्नु भएको लुम्बिनी विकास कोषका कर्मचारीले जनाएका छन् ।

लुम्बिनी आउँदा काठमाडौंबाट यति एयरको नियमित उडानबाट गोप्य रुपमा भैरहवा आइपुगेको पूर्व प्रधानमन्त्री थाक्सिन सहितको टोलीले फर्कनका निम्ति भने यति एयरको एउटा विमान चार्टर गरेको थियो ।

तर, विहानैदेखिको बाक्लो हुस्सु र कुहिरोले भैरहवा विमानस्थल खुल्न नसक्नुले दिउसो साढे १२ बजे काठमाडौंबाट उड्नु पर्ने विमान २ बजेसम्म उड्न सकेको थिएन ।