_0125_-_Freddo.jpg)
केही हिमाली क्षेत्रमा तापक्रम माइनसमा झरेको छ । स्थिति यस्तै रहे केही दिनमा हिउँ पर्ने महाशाखाका विज्ञहरूले बताए ।
काठमाडौं उपत्यकामा हरेक दिन एक डिगि्रसेल्सियसका दरले तापक्रम घट्दै जानुका साथै वायुमण्डल हुस्सुले ढाक्न थालेको छ । तराईमा शीतलहर सुरु भई जनजीवन प्रभावित बन्दै गएको छ ।
दुई दिनअघिसम्म १८ डिग्रिसेल्सियस हाराहारीमा रहेको राजधानीको अधिकतम तापक्रम अहिले १६ र न्यूनतम तापक्रम ३ डिग्रिसेल्सियसमा झरेको छ । तीन दिनअघि भने दुई दशमलव ५ मा झरेको थियो ।
‘अझै चिसो बढ्छ,’ महाशाखाका विज्ञ राजेन्द्रप्रसाद श्रेष्ठले भने, ‘शनिबार जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।’ जुम्लामा माइनस ७ दशमलव ३, जोमसोममा माइनस ३ र जिरीमा माइनस १ दशमलव ८ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको छ ।
तराईको सिमरा, भैरहवा, विराटनगर, धनगढी, नेपालगन्जका साथै पहाडी जिल्लाहरू ताप्लेजुङ, धनकुटा, ओखलढुंगा र कास्कीलगायत स्थानमा समेत अधिकतम र न्यूनतम तापक्रममा गिरावट आएको छ ।
सुदूरपश्चिमको दिपायलमा र वीरेन्द्रनगरमा भने सबैभन्दा बढी तापक्रम रेकर्ड भएको छ । शनिबार दिपालयमा २४ दशमलव २ र वीरेन्द्रनगरमा २२ डिग्रिसेल्सियस तापक्रम थियो ।



