
काँग्रेसले बिभिन्न जिल्लाहरुमा सोमबारको बन्द सफल बनाउन आह्वान गर्दै बन्द आयोजना गरेको हो । काभ्रेका काँग्रेस कार्यकर्ताले पाँचखाल, धुलिखेल, बनेपा, पनौती, मंगलटार, कुशादेवि, ढुखर्क लगायतका १४ स्थानबाट मसाल जुलुस निकालेका थिए ।
त्यसैगरी चितवनमा साँझ साढे ५ बजे नारायणगढको लायन्स चोकबाट निश्किएको जुलुस शहिदचोक हुदै पुल्चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै तरुण दलका नेताहरुले भोली हुने बन्दलाई पूर्ण रुपमा सफल पारिदिन सबैसंग आग्रह गरेका छन् ।
चितवनमा आइतवार पनि बन्द थियो । बन्दका क्रममा विभिन्न स्थानहरुमा तोडफोड भएको छ । बन्दको क्रममा भरतपुर नगरपालिको गाडी र कार्यालयमा, रत्ननगर टाँडीको नेपाल बैंक, दुरसञ्चार कार्यालय बकुलहर, नेपाल विद्युत् प्राधिकरण टा



