नेतातन्त्र मेरो दिलको मन्त्र


– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

पंचायती व्यस्थामा  सबको मुखमा चाबी थियो

त्यो बेलामा मण्डलतन्त्र जताततै  हाबी थियो


प्रजातन्त्र आएपछि स्वतन्त्रता   बढी भयो


अषाढको भेल सरि पार्टी  हरुको  भेल  भयो


 


भाई भाई बिचमा पनि अलग पार्टी भए


भाषण सुन्न जनताहरु नेता पछि धाए


नेताहरुको भाषण सुनी भोक प्यास मारी


घरका  सबै  बस्तु भाउ  बिल्लीबाठ पारी


 

images

भोट मागी जितउनलाई सबै  जना जुटे


आपसमा मिलिकन   बिपक्षीलाई कुटे

images

सोझा साझा जनताहरुको दिमागलाई भुटे


 जति सक्दो धेरै रकम सक्ने संग लुटे

images

 


बिजयको जुलुस लिई नेता पछि  लागे


नेता भेट्न गाउँ छोडी शहर   सबै भागे


नेतालाई फुर्सद छैन उद्घाटनमा ब्यस्त

Nepal life insurance

जनतालाई दुख मात्रै नेताहरुलाई  मस्त


 


आफ्नो गाउँको नेता भेट्न धेरै कुरी  बसे


त्यहिँ बेला नेता गई पजेरोको  भित्र पसे


हात हल्लाई वाईवाई भन्दै उनि टाप कसे


कार्यकर्ताहरु सबै  जिल्ल नेता डिस्को पसे 


 


प्रजातन्त्र  गणतन्त्र   सबै भए स्वार्थ तन्त्र


जनताहरुलाई चाहिन्छ नै सच्चा  जनतन्त्र


  यहिनै हो मेरो दिलको सबैलाई   मन्त्र


   हैन भने ल्याए हुन्छ त्यहिँ राजतन्त्र