काठमाडौं – राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा अस्वस्थ्य भएका छन् । उनलाई उपचारका लागि सोमबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको छ ।
उच्च रक्तचाप र छटपटी बढेपछि थापालाई नर्भिक भर्ना गरिएको उनका सहयोगी किरण गिरीले जानकारी दिए । ‘अब्जर्भेसनका लागि डाक्टरहरुले हस्पिटलमै राखौं भन्नुभएको छ,’ उनले भने, ‘अरु स्वास्थ्य स्थिर छ ।’
८५ वर्षीय थापालाई अपरान्ह ४ बजे असजिलो भएको थियो । उनको स्वास्थ्य जाँच गर्न चिकित्सक मनबहादुर केसी थापा निवास मालिगाउँ गएका थिए । साँझसम्ममा पनि स्वास्थ्य उस्तै भएपछि अस्पताल लगिएको गिरीले बताए ।
साँझ वान्तासमेत गरेका थापाको स्वास्थ्यबारे नर्भिक अस्पतालले केही बताएको छैन ।



