नेपालमा राजनीतिक अस्थिरता र सरकारी कर्मचारीहले घुस लिने गरेको तथ्य सार्वजानिक

ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीतिक अस्थिरताका नेपालमा भ्रष्टचार बढेको बताएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनलले आज राजधानीमा गरेको अन्तक्र्रियामा राजनीतिक अस्थिरता र सरकारी कर्मचारीहले घुस लिने गरेको तथ्य सार्वजानिक गरिएको हो ।

 

कार्यक्रममा सार्क राष्ट्रका प्रतिनिधिहरुको सहभागिता थियो । दक्षिण एशियाली देशहरुमा दैनिक तीन जना मध्ये एक जनाले सार्वजानिक कार्यलयमा घुस दिएर काम गराउने गरेको तथ्य ट्रान्सपरेन्सीले सार्वजानिक गरेको छ ।

 

कार्यक्रमका सहभागीहरुले प्रशासनमा राजनीतिक हस्तक्षेप नहटे सम्म भ्रष्टचारको अन्त्य नहुने वताएका थिए । साथै उनीहरुले सार्वजानिक निकायमा दल निकट व्यक्तिहरुलाई राख्न नहुनेमा पनि जोड दिएका थिए । भ्रष्टचार अन्त्यका लागि जनचेतनाको बृद्धि हुनुपर्नेमा पनि जोड दिइएको थियो ।