इनरुवा, पुस ८ – कर्मचारी संगठनहरुले शुक्रबार सुनसरीका सम्पूर्ण सरकारी कार्यालय बन्द गराएका छन् । नक्कली नागरिताको सिफारिस गरेको अभियोगमा कर्मचारी पक्राउ परेपछि त्यसको बिरोधमा कार्यालयहरु बन्द गरिएका हुन् ।
भारतको आसाम र नागाल्याण्ड क्षेत्रमा पृथकतावादी आन्दोलन गरिरहेका निरन्जन होजाईलाई नेपाली नागरिकताका लागि सिफारिस गरेको अभियोगमा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला झुम्काका माटो विज्ञ नानुलाल उराउलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उराउ पक्राउको बिरोध कर्मचारी सं/संगठनले गरेको छ ।
होजाईले धरान-८ ठेगाना देखाएर सुनसरी प्रशासनबाट नागरिकता लिएका छन् ।