हत्या र लुटपाटका अपराध बढदो

काठमाडौं । सुन व्यापारी हर्कबहादुर दियाली सहित राजधानी काठमाडौंमा हत्या र लुटपाटका अपराध बढेकोमा प्रधानमन्त्री बाबुराम भट्टराईले आज गृहमन्त्री सहित सुरक्षा अंगका प्रमुखसँग छलफल गर्ने भएका छन्। सिंहदरबारस्थित गृहमन्त्रालयमा साँझ पाँच बजे हुने छलफलमा गृहमन्त्री विजयकुमार गच्छदार र गृह अन्तर्गतका ३ वटै सुरक्षा अंगका प्रमुखहरु रहनेछन्।

प्रधानमन्त्री सहभागी हुने छलफलमा गृहसचिव सुशील राणा, प्रहरी महानिरीक्षक रवीन्द्र प्रताप शाह, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धानका प्रमुख पनि रहनेछन्।

सुन व्यापारी दियालीको हिजो गोली हानी हत्या भएको थियो। यसअघि ललितपुरको गुण ज्यासः पसःका कामदार जुजुकाजी बज्राचार्यको हत्या भएको थियो।