दाङ पुस १० दाङको दूधरासस्थित सोनापुर सिमेन्ट उद्योगमा गए राति बम विष्फोट भएको छ। त्यहाँ भेटिएका दुईवटा सकेट बममध्ये एउटा राती नै विष्फोट भइसकेको प्रहरीले जनाएको छ। अर्को बम भने नेपाली सेनाले डिष्पोजलको तयारी गरिरहेको छ। बिष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन।
सञ्चारकर्मीहरुलाई टेलिफोन गरेरुतराई जनतान्त्रिक मुक्तिमोर्चाुका भगतसिंहले बम आफूहरुले विष्फोट गराएको दावी गरेका छन्। अबको दुई महिनाभित्र सिमेन्ट उत्दान गर्नेगरी यो कारखानाले निर्माण कार्यतीव्र पारेको छ। करिब ४ अर्ब लगानीमा बन्न लागेको यो सिमेन्ट कारखानाले दैनिक २४ सय टन सिमेन्ट उत्पादनको लक्ष्य लिएको छ।



