केन्द्रिय समितीबाट पार्टीका सबै विवादित विषय नटुंगिएपनि पार्टी फुट्ने माओवादी सीपी गजुरेलको भनाई

एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले केन्द्रिय समितीबाट पार्टीका सबै विवादित विषय नटुंगिएपनि पार्टी फुट्ने समय आइनपुगेको बताउनु भएको छ । आज हामीसंगको कुराकानीमा वैद्य पक्षीय नेता गजुरेलले केन्द्रिय समिती बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव दक्षिणपन्थी रहेको भन्दै उक्त प्रस्तावले पार्टीलाई फुटतर्फ धकेल्ने खतरा रहेको उल्लेख गर्नुभयो ।

महाधिवेशनमा जान आफुहरु सहमत भएपनि विवादका विषय समाधान गर्न कुनै पहल नगरी महाधिवेशनले नै हल गर्छ भन्नु संस्थापन पक्षको झुक्याउने दाऊ मात्र भएको उहाँले भनाई छ । यो विवादमा छिट्टै समाधान खोजिनुपर्ने उहाँको भनाई छ ।


पार्टी अध्यक्षले आत्मसमर्पण गरि पार्टी नीति प्रतिकुल हुनेगरि संविधान बनाउन अग्रसर भएकाले आफुहरुले त्यसको विरोध गरेको गजुरेलको भनाई छ । उपसमिती वैठकमा पार्टी अध्यक्षलाई अप्ठेरो पार्ने गरि कुनै काम नगरेको जिकीर गर्दै सचिव गजुरेलले प्रचण्ड पार्टी नेता छोडेर राजनेता बन्न खोजेको व्यंग गर्नुभयो । कांग्रेस, एमाले तथा मधेशवादी दलले प्रचण्डलाई राजनेता बनाउन भुमिका खेलेको गजुरेलको आरोप छ ।