

मेरो मुटु चोरेकै हो बाच्न मलाई सार्हो भो

ईमान्दार हुन्छु भन्दै आयौ मेरो मुटु बीच
थाहा नदिई लिई गयौ रहेछौ है सार्है निच

आयौ रात बस्यौ बास गर्यौ ठुलो मलाई घात

मागे देखि दिने थिए के नै थ्यो र ठुलो बात
मलाई सदै लागे रहेछ तिम्रो प्यारको मिठो मात

किन टाडा हुन्छौ तिमि मिल्ने थियो हाम्रो जात
यस्तो गर्छौ भन्ने मैले सोच्या पनी थिएन
घात गर्न नैतिकताले कहिल्यै मलाई दिएन

तिमि राख चोरेको मुटु जन्म जन्म साची
ज्युदै मलाई मारी हाल्यौ तिमि मात्रै बाची




