– रोहित राई, नागरिक
धरान – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले इतिहासकै जम्बो मन्त्रिमण्डल र भ्रष्ट मन्त्रीहरुको नेतृत्व गरेर प्रधानमन्त्री बाबुराम भटराईले नेपाली कम्युनिष्ट आन्दोलनको बद्नाम गरेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री भटराईको चामत्कारिक व्यक्तित्व खुइलिसकेको टिप्पणीसमेत गरे।
पार्टी सुदृढिकरण तथा जनपरिचालन अभियान अर्न्तगत आइतबार धरानमा कोशी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन समारोहलाई सम्बोधन गदै अध्यक्ष खनालले यस्तो आरोप लगाएका हुन्।