भैरवनाथ गण भित्रै सैनिक हवल्दार द्वारा आत्महत्या

भैरवनाथ गणमा कार्यरत एक सैनिक हवल्दारले आत्महत्या गरेका छन् । सैनिक हवल्दार विजयराज काफ्ले सौचालयमा मृत अवस्थामा फेला परेका हुन् । गणको सौचालयको बारमा पासो लागेको अवस्थामा फेला परेकाले उनले आत्महत्या गरेको प्रहरीले आशंका गरेके छ ।


महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी अधिकारीका अनुसार आइतबार बिहान १० बजेतिर गणमा कार्यरत सैनिकले आत्महत्या गरेको जानकारी आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।


हामी पुग्दा शौचालयको छातामा रहेको फलाममा डोरीले झण्डिएके अवस्थामा शव थियो वृत्तका एक अधिकारीले भने, गणका अधिकारीले काफ्लेमा मानसिक समस्या देखिएकाले उपचार भइरहेको बताए । मृतक काफ्ले सर्लाही निवासी रहेको बुझिएको छ ।