सहर व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ११ पुस प्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं सहर व्यवस्थापनको विषयमा गम्भीरतापूर्वक लाग्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा उनले अस्तव्यस्त सहरका कारण नकारात्मक सन्देश गएको भन्दै तत्काल व्यवस्थापनमा लाग्न विभिन्न निकायहरुलाई निर्देशन दिएका हुन् ।

छलफलमा गृह, भौतिक योजना तथा निर्माण, स्थानीय विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि सहभागी थिए ।