बुटवल, पुस ११ – माओबादीका सचिव सिपी गजुरेलले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल औपचारिकतामा मात्रा सिमित रहेको दावी गरेका छन् । साथै उनी आइएनजीओको डाइरेक्टर मात्र रहेको पनि जिकिर गरे ।
अबद्यराज्य समितिले सोमबार बुटवलमा आयोजना गरेको १ सय १९ औं माओ दिवसलाई सम्बोधन गर्दै गजुरेलले अध्यक्ष दाहालले जनयुद्ध र पार्टी निर्णय विपरित जनमुक्ति सेनाको विर्सजन गरेकाले कार्यकर्ताको अध्यक्ष बाँकी नरहेको बताए ।



