कालीकोट जिल्लाको जुविथा ४ माइस्थानका मनविर सुनारलाई होटलको चुल्हो छोएको आरोपमा कुटपिट गरि हत्या गरेका हत्यारालाई हदैसम्मको कार्वाहीको गर्नुपर्ने र मृतक सुनारलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तीको व्यवस्थासँगै शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेनटी गरिनुपर्ने लगायतका माग राख्दै आज एक दिनलाई बन्दको आव्हान गरिएको आयोजकले बताएको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साद्यनहरु चलेका छैनन् । शिक्षण संस्था, उद्योग कलकारखाना, बजार, पसल बिहानैदेखि बन्द छन् । बन्दलाई सफल पार्न दलित संघ संगठनका प्रमुख तथा प्रतिनिधिका साथै सर्वसाधरहरु समेत सडकको चोकचोकमा बसेका छन् ।
घटनाको विरोधमा हिजो साँझ संघर्ष समितिले पाल्पाको सदरमुकाम तानसेनमा मसाल जुलुस निकालेको थियो ।



