सरकार द्वारा आयल निगमलाई डेढ अर्ब तथा पत्रकार महासंघको भवन निर्माणका लागि एक करोड रुपैयाँ ऋण

तेल नपाएर चौतर्फी हाहाकार भइरहेका बेला नेपाल आयल निगमलाई सरकारले डेढ अर्ब रुपैयाँ ऋण दिने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले निगमलाई ऋण दिने निर्णय गरेको हो।


तेलको अभावमा सार्वजनिक सवारी साधन चल्न नसक्ने अवस्थामा पुगेको तथा कलकारखाना समेत प्रभावित भइरहेको बेला सरकारले यस्तो निर्णय लिएको हो।


हत्या गरिएका कालिकोटका दलित मनवीर सुनारको परिवारलाई १० करोड रुपैयाँ तथा सितलहरबाट तराइमा मृत्यु भएका परिवारलाई २५ हजारका दरले राहत दिने निर्णय मन्त्रिपरिषदले गरेको छ।


नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि सरकारले एक करोड रुपैयाँ दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।