माओवादी भित्रको किचलो:सरकार भंग गरि बिद्रोहमा जाउ:वैद्य/अब्यबहारिक र ठूला कुराः संस्थापन पक्ष

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले पार्टीलाई सरकारबाट फिर्ता बोलाएर तत्कालै जनबिद्रोहमा जानुपर्ने प्रस्ताव सहित फरकमत प्रस्तुत गर्नुभएको छ । माओवादीको मुल लक्ष्य संबिधानसभामा हराउनु नभई यसलाई प्रयोग गरेर जनबादी सत्ता स्थापना गर्नु रहेको र संबिधानसभाबाट जनबादी संबिधान बन्ने अबस्था नरहेकाले पार्टीको सवै शक्ति जनबिद्रोहमा केन्द्रीत गर्नुपर्ने किरणको प्रस्तावमा उल्लेख छ ।


सहि एजेण्डा लिएर जनतामाझ गए अझैपनि जनबबिद्रोह सम्भव रहेको भन्दै वैद्यले जनबिद्रोहको प्रयास सफल नभएको भन्ने अध्यक्षको प्रतिबेदनप्रति बिमति जनाउनुभएको छ । अध्यक्षले कहिले पनि बिद्रोहको तयारी नगरेको किरणको दावी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको शान्ति र संविधानको प्रतिवेदनले मुलुक, क्रान्ति र नागरिकको सार्वभौमिकताको रक्षा हुन नसक्ने ठहर पनि बैद्यको फरक मतमा छ । वैद्यले संविधानसभाको औचित्यहीन भएको र शान्ति प्रकृया पनि जनताका पक्षमा नरहेकोले संघर्षमा जानुपर्नेमा जोड दिनुभएको छ ।


उपाध्यक्ष बैद्यले प्रधान शत्रु भारत रहेको, जारी शान्ति र संविधान निर्माणवाट पार्टीले लिएको क्रान्ति पूरा नहुने र उपाध्यक्ष डा. वावुराम भट्टराई नेतृत्वको सरकारको औचित्य सकिसकेको लगायतका कुरामा जोड दिनुभएको छ ।


बैध पक्ष भित्र पनि अर्को समुह असन्तुस्ट : अर्को प्रस्ताव आउने सम्भावना

शान्ति र संविधानसम्बन्धी अध्यक्ष प्रचण्डको प्रतिवेदनमा असहमति जनाएको वैद्य पक्षभित्र पनि विवाद रहेको बुझिएको छ । माओवादी निकट स्रोतका अनुसार नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरुले पार्टी नै अलग गरेर जानुपर्ने र त्यसै अनुसार कडा मत प्रकट गर्नुपर्ने भन्दै उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापा बादललाई दबाब दिंदै आएका थिए । वैद्य र बादलले भने अहिले नरम ढंगबाटै प्रस्तुत हुने गरी फरक मत ल्याउनुपर्नेमा जोड दिएका थिए । यही विवादका कारण सोमबार बिहानसम्म पनि फरकमतले पूर्णता पाउन सकेको थिएन । दिनभरी कुरा मिलाउने गरी वैद्य पक्षले सोमबारको केन्द्रीय समिति बैठक स्थगित गर्न आग्रह गर्यो । तर बिप्लव लगायतका नेताहरुसित कुरा मिल्न सकेन । त्यसैले बुधबार बस्ने बैठकमा फेरि अर्को फरक मत आउने सम्भावना रहेको माओवादी निकट स्रोतले जनाएको छ ।


वैद्यको प्रस्तावः