पूर्व सांसद तथा कांग्रेस नेता दामोदर बास्ताकोटीको ८६ वर्षको उमेरमा निधन

– नारायण शर्मा

 

चितवन, पुस १३ – पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता दामोदर बास्ताकोटीको ८६ वर्षको उमेरमा निधन भएको छ ।

करिब ३ वर्षदेखि नशा सम्बन्धी रोगले थलिएका बास्ताकोटीको भरतपुर स्थित आफनै निवासमा मंगदबार राति निधन भएको हो । उनको निधनमा शोक ब्यक्तगर्न कांग्रेसका केन्द्रीय सदस्यहरु डा. शशांक कोइराला, कृष्णचन्द्र नेपाली लगायतका नेताहरु नवलपरासी आइपुगेका छन् । नेपाली कांग्रेसले उनको पार्थिबमा अन्तिम श्रद्धान्जलि ब्यक्त गर्न शबलाई गैडाकोट स्थित कांग्रेस चोेकको चौरमा राखेको छ । अन्तिम श्रद्धान्जलिमा कांग्रेसका सयौं कार्यकर्ताहरुको भिड लागेको छ ।

नेपाली कांग्रेसले अन्तिम श्रद्धान्जलिपछि आजै देवघाटमा उनको अन्तिम संस्कार गरिने जनाएको छ ।

उनी २०५६ सालको आम निर्वाचनमा नवलपरासी क्षेत्र नं १ वाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । गान्धिवादी नेता भनेर चिनिने बास्ताकोटी कांग्रेसमा निस्कलंक र सादा जिवनका अनुयायी भनेर चिनिन्छन् । राणाकालदेखि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनको ठूलो योगदान रहेको थियो ।

खासगरी नवलपरासीमा पंचायतकाल भरी उनको नेपाली कांग्रेसको संगठन बिस्तार र पार्टी सुदृढिकरणमा ठुलो योगदान रहेको छ । स्वर्गिय बास्ताकोटीका ३ छोरा र ६ वटा छोरी रहेका छन् । उनको घर नवलपरासीको दुर्गम बुलिङ्गटार गाविसमा रहेको छ ।