स्थानीय विकास मन्त्री टोपवहादुर रायमाझीद्धारा वर्तमान सरकारले नै नयाँ संविधान जारी गर्ने दावी

तनहुँ  – स्थानीय विकास मन्त्री टोपवहादुर रायमाझीले वावुराम भट्टराई नेतृत्वको वर्तमान सरकारले नै नयाँ संविधान जारी गर्ने दावी गरेका छन् ।

भानु ६ फुस्रेटारस्थित भानु गाविसको नवनिर्मित गाविस भवनको वुधवार उद्‌घाटन गर्दै मन्त्री रायमाझीले शान्ति र नयाँ संविधान निर्माणका लागि आशा लाग्दो काम वर्तमान सरकारले गरी रहेकोले यो सरकारको विकल्प नभएको समेत वताए ।